अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३९ मा प्रकाशित

विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै उनीहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिका सम्म (याली पनि निकालेका थिए । र्यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू