अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

लोकसभा निर्वाचन– एक्जिट पोल नतिजा सार्वजनिक, बिजेपी गठबन्धन ३०६, कांग्रेस गठबन्धन १३२

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३७ मा प्रकाशित

भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको अन्तिम निर्वाचन सकिएसँगै आइतबारदेखि एक्जिट पोलको नतिजा सार्वजनिक हुन सुरु गरेको छ । टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ।

अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ। बिजेपीसहितको एनडिए गठबन्धनले कुल ४१.१ प्रतिशत मत ल्याउने अनुमान यो सर्वेक्षणले गरेको छ। कांग्रेस नेतृत्वको युपीए गठबन्धनले ३१.७ सिट ल्याउने दाबी यो सर्वेक्षणले गरेको छ। त्यस्तै अन्य दलले २७.२ प्रतिशत सिट ल्याउने दाबी यो सर्बेक्षणको छ ।

५४३ स्थानमध्ये ५४२ स्थानका लागि भएको लोकसभा निर्वाचनको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू