अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

नाईजेरियामा बोको हरामद्धारा १० माझीको हत्या

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३७ मा प्रकाशित

नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा १० जना माझीको हत्या गरेका छन् ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।

ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको जनाइएको छ । उनीहरुलाई मैदुगुरीदेखि चार किलोमिटर टाढा रहेको अलौडाममा मारिएका हुन् । राजधानी बोर्नोस्थित आपत व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जानकारी दिनुभयो ।

लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । बोको हरामका लडाकूहरुले सन् २००९ देखि अहिले सम्म २० हजार भन्दा बढी व्यक्तिको हत्या गरेका छन् भने अरु दशौँ लाख आ आफ्नो घरबाट विस्थापित भएका छन् । यो समूहले नाइजेरियासहित चाद, नाइजर, उत्तरी कामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू