अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

यसबर्ष गणतन्त्र दिवस ३ दिन मनाईने

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३४ मा प्रकाशित

नेपाल सरकारले यस बर्षको गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी ३ दिन (१४,१५ र १६गते) भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस २०७६ मनाउनका लागि गठित मूल समारोह अन्तर्गतको प्रचार प्रसार उपसमितिको बैठकले सो निर्णय गरेको हो।

यस्तै,गणतन्त्र दिवसको अवसरमा भव्य रूपमा मनाउन जागरण गीत सम्मेलन आयोजना गरिने भएको छ। बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालले संयुक्त रूपमा आयोजना गर्नेगरी जागरण गीत सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गणतन्त्र दिवस, गणतन्त्र र जनआन्दोलनको उपलब्धिसम्बन्धी सम्पादकीय, विशेष कार्यक्रम, संवाद छलफल कार्यक्रमहरू, जनआन्दोलनका घाइते, शहीद परिवार तथा युवाहरूको सहभागिता समेत हुने गरी विद्युतीय, छापा तथा अनलाइन सञ्चार माध्यमहरूलाई प्रकाशन र प्रसारणका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत् गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न सूचनामूलक सन्देशहरू, लोक कल्याणकारी विज्ञापनको रूपमा साताव्यापी प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू