अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

भारतको लोकसभा निर्वाचन सम्पन्न

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३२ मा प्रकाशित

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आइतबार सातौँ तथा अन्तिम चरणको निर्वाचन सम्पन्न भएको छ । अन्तिम चरणमा कुल ८ राज्यका ५९ लोकसभा सिटका लागि मतदान भएको थियो । आज सम्पन्न निर्वाचनमा ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

समाचार संस्था एएनआईका अनुसार भारतका झारखण्ड , विहार , मध्य प्रदेश, हिमाञ्चल, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढमा निर्वाचन सम्पन्न भएको हो । अन्तिम चरणको यस निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, शत्रुघ्न सिन्हा, केन्द्रिय मन्त्री रविशंकर प्रसाद, भोजपुरी अभिनेता रविकिशन, बलिउड अभिनेता सनी देवल लगायतका नेता चुनावी मैदानमा रहनुभएको छ ।

यसैवीच, निर्वाचनका क्रममा पश्चिम बंगाल राज्यका केही स्थानमा हिंसा भड्किएको बताइएको छ । भाजपाका नेताहरुले हिंसामा तृणमुल कांग्रेसको हात रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू