अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै बिद्यार्थीहरुद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:३१ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोग खारेजीको माग गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आयोगले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको, त्रिवि सेवा आयोगमा र परीक्षामा अनियमितता भएको भन्दै उनीहरुले बिरोभ जनाएका हुन् ।

आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समुहका विद्यार्थीले सेवा आयोग कार्यालय अगाडि प्रदर्शन गरेका हुन । त्रिविका विद्यार्थीले प्रदर्शनको तयारी गर्दै गर्दा प्रहरीले धडपकड गरेको थियो । प्रहरीले त्रिविका विद्यार्थीलाई धरपकड गरे लगत्तै मंगल उच्च माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी ले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थीले त्रिविसेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू