अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

अनसनरत नर्सहरुको माग पूरा गर्न डा. गोविन्द केसीको आग्रह

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:२९ मा प्रकाशित

डा. गोविन्द केसीले अनसनरत दुई नर्सको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । । आइतबार विज्ञप्ति जारी गरी केसीले स्वास्थ्य सेवा प्रवाहमा अद्धितीय भूमिका निर्वाह गर्ने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, आफ्ना जायज माग सुनुवाई नभएपछि अनसन बस्दासमेत सम्बन्धित निकायले चासो नदिनु लाजमर्दो कुरा भएको बताउनुभयो । विभिन्न माग राख्दै मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिक्की शेर्पा र नर्सिङ संघकी सदस्य जिता बराल अनसनमा बसेको १० दिन भइसकेको छ ।

उनीहरुको मागको विषयमा अहिले स्वास्थ्य मन्त्रालयमा नर्सिङ संघको अध्यक्ष तारा पोखरेल लगायतको टिमसँग वार्ता भइरहेको छ । यसअघि पटक पटक बसेको वार्ता सफल भएको थिएन । आन्दोलनका क्रममा नर्सहरु तीनपटक प्रहरी हिरासत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू