अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

संघीयता नचाहनेहरु सलबलाए– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको बताउनुभएको छ । उहाँले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणाली मार्फत विकास निर्माणका कामलाई तीव्रता दिएर जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ’सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने पनि बताउनुभयो ।

स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक संरचनाको कमीले गर्दा काम गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डले अब त्यो अवस्था हट्न लागेको बताउनुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद तथा नेकपाकी नेतृ पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू