अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

अमेरिकाका रोहितको पाइला सर्वोच्च शिखरमा

बिआरटीनेपाल २०७६ जेठ ३ गते ८:५६ मा प्रकाशित

कोलोराडो निवासी रोहित कुमार श्रेष्ठले सगरमाथा आरोहण गरेका छन् । एक्सेन्ट हिमालयज एभरेस्ट एक्पेडिसन टोलीसहित उनले स्थानीय समय अनुसार बुधवार बिहान करिब साढे ६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् । 

‘एएच हिमालयज एभरेस्ट एक्स्पेडिसन २०१९ टोली बिहान (बुधवार) करिब साढे ६ बजे सगरमाथाको चुचुरोमा पुगेर सुरक्षित रूपमा बेस क्याम्पमा फर्केको छ,’ एक्सेन्ट हिमालयजको फेसबुक पेजमा उल्लेख छ, ‘आरोहण टोलीका सम्पूर्ण सदस्य र शेर्पाहरुको कडा परिश्रमप्रति हामी बधाई तथा शुभकामना दिन चहान्छौं ।’  

भ्रमण टोलीमा श्रेष्ठसहित १२ सदस्य छन् । सगरमाथा आरोही अन्य सदस्यमा नर्वेका थमस एर्लिङ लोन, हाकोन विलियम स्कग एर्लन्डसेन, डिड्रिक बेक्के ड्युक्फस, चाइनाकी यिशु सन र नेपालका छिरिङ पेम्बा शेर्पा, दनुर्बु शेर्पा, आङडुक शेर्पा, पासाङ तेन्जिङ शेर्पा, लाक्पा दोर्जी शेर्पा, छिरिङ दावा शेर्पा र पासाङ येल्ला शेर्पा छन् ।

नेपाल डुम्रेका रोहित कोलोराडोमा २० वर्ष अगाडि देखी परिवार सहित बसोबास गर्दै आएका छन । उनकाका श्रीमती, एक छोरा र एक छोरी छन् । 

Photo Source: Rohit Facebook and Ascent Himalayas Facebook

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू