अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

राष्ट्रपति ट्रम्पद्वारा नयाँ अध्यगमन नीति प्रस्ताव, आश्रय खोज्नेमाथि कडाइ गरिने

बिआरटीनेपाल २०७६ जेठ ३ गते ७:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ अमेरिकी अध्यागमन नीति प्रस्ताव गर्नुभएको छ । उहाँले ह्वाइट हाउसमा सम्बोधन गर्दै अब अमेरिका कम उमेरका , बढी शिक्षित र अंग्रेजी बोल्ने कामदारको पक्षमा रहेको बताउनुभयो । ट्रम्पले अहिलेको व्यवस्थाबाट टाढा गएर अमेरिकाले नयाँ नीति र प्रणाली ल्याउने उल्लेख गर्नुभयो । सीमा सुरक्षालाई कडाइ गरिने र आश्रय लिन खोज्नेहरुलाई कडा नियम ल्याइने समेत ट्रम्पले बताउनुभयो ।

विपक्षी डेमोक्र्याट पार्टीका नेताले भने राष्ट्रपतिको सो प्रस्तावमा आलोचना गरेका छन् । उनीहरुले हजारौ मानिस बच्चाको अवस्थामा अमेरिका ल्याइएको र उनीहरुलाई अहिले सम्म अमेरिकामा रहने कानुनी अधिकार नभएको जनाएका छन् । ट्रम्पले सीपको आधारमा कामदार भित्र्याउने प्रयास गर्ने बताउनुभयो । सीपयुक्त कामदार अब १२ प्रतिशतबाट ५७ प्रतिशत पुर्याइने समेत ट्रम्पको भनाई छ । उहाँले आप्रवासी आउँदा अंग्रेजी सिक्नुपर्ने जरुरी रहेको र प्रवेश गर्नुअघि परीक्षा समेत पास हुनुपर्ने जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू