अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

पोखरा महानगरपालिकामा खुला व्यायामशाला

बिआरटीनेपाल २०७६ जेठ ३ गते ६:४४ मा प्रकाशित

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुला व्यायामशाला बनाएको छ । यो पोखराको पहिलो खुला व्यायामशाला हो । बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेका बेला महानगरपालिकाले नागरिकलाई स्वस्थ बनाउन खुला व्यायामशाला निर्माणको काम शुरु गरेको हो । भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको आज पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै स्वस्थ्य नागरिक निर्माणका लागि महानगरले खुला व्यायाशालाको अवधारणा अगाडि बढाएको बताउनुभयो ।

उहाँले यस्ता व्यायामशाला टोलटोलमा हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने धारणा राख्नुभयो । उक्त स्थानमा एकै पटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले रु दुई लाख खर्चर्कोे महानरपालिकाका सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थापन गर्नेछ । त्यसैगरी पोखरा– १८ जामुनबोट खुला व्यायामशाला निर्माणका लागि बोलपत्रमार्फत निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले रु ४५ लाख दुई हजारमा निर्माणको ठेक्का पारेको हो । एक सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि जग तयार हुने महानगर, शहरी पूर्वाधार महाशाखाका इन्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू