अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

बेलायती प्रधानमन्त्री टेरिजा मे आफ्नो बहिर्गमनबारे छलफल गर्न सहमत

बिआरटीनेपाल २०७६ जेठ ३ गते ४:२२ मा प्रकाशित

बेलायती प्रधानमन्त्री टेरिजा मे आफ्नो बहिर्गमनबारे छलफल गर्न सहमत हुनुभएको छ । कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरुसँगको बैठकमा प्रधानमन्त्री मे पदबाट हट्ने विषयमा छलफल गर्न तयार हुनुभएको हो । संसदमा आगामी जुन पहिलो साता हुने ब्रेक्जिटसम्बन्धी मतदानलगत्तै बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि छलफल सुरु हुनेछ ।

यसअघि तीन पटक अस्वीकृत भइरहेको ब्रेक्जिट योजनालाई संसद्ले पुनः अस्वीकृत गरे प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना छ । प्रधानमन्त्रीको योजना पारित भए पनि उनी पद छाड्न तयार देखिएको बताइएको छ ।

जुलाईको अन्तिमतिर संसद् स्थगन हुनुअघि नै कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन गर्ने प्रक्रिया थाल्नेछ । पूर्व विदेशमन्त्री बोरिस जन्सनले पार्टीको शीर्ष नेताका लागि दावेदारी प्रस्तुत गरिसकेका छन् ।

प्रधानमन्त्री मे को कटु आलोचकको रुपमा परिचित जन्सन दलको नेता चयन भएमा बेलायतको प्रधानमन्त्री बन्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू