अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

ईजिप्टमा गरिएको सुरक्षा कारबाहीमा ४७ लडाकू मारिए

बिआरटीनेपाल २०७६ जेठ ३ गते ३:५१ मा प्रकाशित

इजिप्टको उत्तर र मध्य सिनाईमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् । इजिप्टको सेनाले दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ ।

सरकारी सेनाले ९७ कार, विस्फोटक पदार्थ, आक्रमणका लागि तयारी अवस्थामा राखिएका अन्य सामग्रीहरु पनि नियन्त्रणमा लिएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ । सेनाले घटनास्थलबाट खोजीको सूचीमा रहेका तथा अपराधी गरी १५८ जनालाई नियन्क्रणमा लिएको जनाएको छ ।

गोली हानाहानको क्रममा दुई सरकारी अधिकारी र तीन सैनिकहरु पनि मारिएका छन् भने चार सुरक्षाकर्मी मारिएका छन् । इजिप्टमा बेला बेलामा यस्ता आक्रमण र भिडन्तका घटनाहरू भइरहने गरेका छन् भने ती घटनामा परी सयौँ सुरक्षाकर्मीहरु मारिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू