अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

उत्तर-अमेरिकी प्रथम हास्य-व्यङ्ग्य कविता प्रतियोगिता महोत्सवको सुचना

बिआरटीनेपाल २०७६ जेठ २ गते १२:४१ मा प्रकाशित

प्रिय साहित्यप्रेमी महानुभावहरू,

कृपया, सहभागी भई आफ्नो “हास्य-व्यङ्ग्य “ कविता मे ( MAY 31 सम्ममा ) महिना भित्रमा पठाई सम्मेलनमा वाचन गरी दिनु होला । हार्दिक धन्यवाद ।

कविता email मार्फत पठाउनु होला, कृपया
anakabitapratiyogita2019@ gmai.com
Or,
durgadahal9999@gmail.com

* उत्तर-अमेरिकी प्रथम हास्य-व्यङ्ग्य कविता प्रतियोगिता महोत्सव
यही आउँदो जुलाईको ५,६ र ७ मा हुने अमेरिकी राष्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरू मध्ये अन्तर्राष्ट्रिय साहित्य समाज सँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत “हास्य-व्यग्र कविता प्रतियोगिता” हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छु। उक्त कार्यक्रममा उत्कृष्ट कविहरूलाई नगद पुरस्कारको साथै सम्मान-पत्र पनि प्रदान गरिने छ।

प्रतियोगितामा सहभागी हुन निम्न सर्तहरू लागु हुनेछन्:

१: कविता नेपाली भाषामा लेखिएको हुनु पर्नेछ,
२: उत्तर अमेरिकामा स्थाई बसोबास गरेका नेपाली मूलका व्यक्तिहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउने छन्,
३: कविता अप्रकाशित हुनु पर्नेछ,
४: उत्कृष्ट ३ कवितालाई पुरस्कृत गरिनेछ,
५: पुरस्कारको राशि क्रमशः: $३००, $२५० र $२०० नगद तथा प्रमाणपत्र रहनेछ,
६: कविता मे ३१ सम्म मा निम्न ठेगाना मा आई पुग्नु पर्नेछ,
७: उत्कृष्ट कवितालाई मूल कार्यक्रममा वाचन गर्न दिइनेछ,
८: पुरस्कार सम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ,
९: राष्ट्रियता, धार्मिक, जातीय तथा अन्य कुनै सामाजिक सहिष्णुता भडकाउने कवितालाई कार्यक्रममा सहभागी गरिने छैन,
१०: कार्यक्रम सम्बन्धी अन्य विस्तृत जानकारी पत्र-पत्रिका मार्फत पनि सार्वजनिक गरिनेछ।

* अझ विस्तृत जानकारीका लागि:

कार्यक्रम संयोजक
डा. दुर्गा दाहाल
Director for publications & communications, ANA
BOT advisor, INLS
Phone: (408) 718 3278
Email: durgadahal9999@gmail.com

प्रतिक्रिया