अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

उत्तर कोरियामा ३७ बर्ष यताकै चरम खडेरी

बिआरटीनेपाल २०७६ जेठ २ गते ७:२९ मा प्रकाशित

उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ । ३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले र्पुयाएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्तो आह्वान गरेको हो । खडेरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको बताइएको छ । यस वर्ष सन् १९८२ यताकै सबैभन्दा कम पानी परेको छ ।

यसअघि, ९० को दशकको खडेरीका कारण उत्तर कोरियामा लाखौंको मृत्यु भएको विश्वास गरिन्छ । आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि सन् २००६ यता अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू