अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७६ जेठ २ गते ६:४६ मा प्रकाशित

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उहाँ लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बन्नुभएको थियो । हकको परिवारले एक बिज्ञप्ति निकालेर उहाँको घरमा मृत्यु भएको जनाएको हो ।

हक सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाका प्रधानमन्त्री हुनुभएको थियो । स्वास्थ्य अवस्था राम्रो नभएकोले उहाँ २ दिनपछि हुनलागेको आमनिर्वाचनको प्रचारप्रसारमा पार्टीको तर्फबाट सहभागी बन्न सक्नुभएको थएन ।

अहिले विपक्षमा रहेको लेबर पार्टीका नेता रहेको समयमा हकको नेतृत्वमा लेबरले ४ पटकसम्म जित हासिल गरेको थियो । हक अष्ट्रेलियाका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेताका रूपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू