अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

भारत प्रशासित कश्मिरको पुलवामामा भिडन्त, ३ बिद्रोहीसहित कम्तीमा ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ २ गते ६:३९ मा प्रकाशित

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा ३ बिद्रोही सहित कम्तीमा ५ जनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

सुरक्षाकर्मीलाई देखेपछि डालिपोरा क्षेत्रमा लुकेका लडाकुले गोली चलाएको र आफूहरुले जवाफी कारवाही गरेको सुरक्षा स्रोतको दाबी छ । बिहीबार बिहान पौने चार बजेतिर भिडन्त भएको हो ।

गएको फेब्रुअरीमा पुलावामामा सीमा सुरक्षा बललाई लक्षित गरि भएको आक्रमण पछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू