अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

भ्रष्टाचार काण्डमा मुछिएका राजनारायण यादव धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ जेठ १ गते ७:०० मा प्रकाशित

विशेष अदालत काठमाडौंले ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण यादवलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसँग ७८ लाख नै धरौटी माग गरेको हो। उनलाई बैंक ग्यारेन्टीमा रिहा गर्न अदालतले बिगो बराबरको धरौटी माग गरेको हो। नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको विशेषले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू