अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

स्पष्ट विचार नभए पार्टी एकता टिक्दैन – नेकपा नेता ईश्वर पोखरेल

बिआरटीनेपाल २०७६ जेठ १ गते ६:४५ मा प्रकाशित

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताउनुभएको छ । युवासंघको स्थापना दिवसका अवसरका काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेतासमेत रहनुभएका नेता पोखरेलले नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै उहाँले नेतृत्वको चर्को आलोचना गर्नुभयो ।

‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी रहेको बताउनुभयो । विचारबाट निर्देशित भएको पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसक्ने चेतावनी दिंदै नेता पोखरेलले त्यसका लागि पार्टीमा युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू