अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

अफगानिस्तानको कारागारमा हिंसा, चार काे मृत्यु

बिआरटीनेपाल २०७६ जेठ १ गते ५:२३ मा प्रकाशित

अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार कैदीको मृत्यु भएको छ ।

अफगानिस्तानको गृहमन्त्रालयका अनुसार कारागारभित्र लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा  प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । हिंसामा परी ३३ कैदी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कारागार भवनभित्र खानतलासी गर्न थालेपछि केही कैदीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन हवाई फाएर गर्दा घटना भएको जनाइएको छ ।

घटना किन र कसरी भयो भन्ने सम्बन्धमा छानबिन शुरू भएको गृह मन्त्रालयको प्रवक्ता नसरत रहिमीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू