अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ वैशाख ३१ गते २२:४२ मा प्रकाशित

रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमी सधैँ’ बोलको गीतमा दीपक जङ्गमको सङ्गीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृष्ट तरिकाले भिज्युलाईज गरिएको छ । भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो

प्रतिक्रिया