अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

एक महिने व्यक्तित्व विकास तथा आत्मरक्षा तालीम शिविर सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख ३१ गते २२:१७ मा प्रकाशित

भारतको पवित्र भूमि हरिद्वार स्थित पतन्जली योगपीठमा विश्व विख्यात योग गुरु स्वामी रामदेव जी महाराज र आयुर्वेदाचार्य आचार्य श्री बालकृष्ण जी महाराज को सानिध्यमा एक महिने लामो व्यक्तित्व विकास तथा आत्मरक्षा तालीम शिविर सम्पन्न भएको छ । 

उक्त शिविरमा १८ वर्ष देखि ३५ उमेर समूह भित्रका करिब ६५० नेपाली युवाहरू सहभागी भएका थिए। करिब ६० जिल्लाबाट प्रतिधित्व गरेर नेपाली युवाहरूलाई समावेश गराउन पतन्जली योग समिति मन्डिखाटार नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले ठुलो भूमिका निर्वाह गरेका थिए । उक्त शिविरमा सहभागी युवाहरूलाई पतन्जली विश्वविद्यालयबाट एक महिनाको विशेष कक्षा सञ्चालन गरी विशेष योग प्रशिक्षण दिइएको छ । उक्त विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त युवाहरूले पतन्जली योगपीठको छत्रछायामा रहेर “युवा नेपाल समिति” मार्फत स्कुल, कलेज र विश्वविद्यालयहरूमा योग, व्यायाम, व्यक्तित्व विकास तथा आत्मरक्षाका कक्षाहरू निःशुल्क सञ्चालन गर्नेछन् ।

आचार्य श्री बालकृष्ण जी महाराजको जन्मभूमि प्रति रहेको सेवाको भाव र सङ्कल्प नेपाल र नेपालीका लागि सौभाग्यको रूपमा रहने देखिन्छ । आचार्य श्री का तत्कालीन र दीर्घकालीन योजना अन्तर्गत संस्कार, संस्कृति र सङ्गठन भन्ने मूल नारा लिएर युवा नेपाल समाहित भएका तत्काल पाल्पामा पहिलो विश्वविद्यालय खोल्ने र बिस्तारमा ७ वटा प्रदेशमा ७ वटा विश्वविद्यालय खोल्ने उहाँको योजना रहेको छ । साथै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र पनि स्थापना गर्ने भएका छन् ।

देश निर्माणका लागि शिक्षा, स्वास्थ्य र सेवामा समर्पित हुने युवा युवतीहरूलाई समेटेर युवा नेपाल समिति समेत गठन भएको छ । उक्त समितिमा सातै वटा प्रदेशका संयोजक चुनेर उनीहरूको नेतृत्व अनलाइन सिस्टमबाट आचार्य श्री ले नै गर्नुहुनेछ । उक्त युवा समितिमा ४ नं. प्रदेश बाहेक अरू ६ वटा प्रदेशका संयोजक नियुक्ति भएका छन् । हाल ४ नं. प्रदेश भने आचार्य श्री ले नै हेर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू