अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

द सुपर ममको ताज जित्न सफल भइन एमी कर्माचार्य

सूर्य चन्द २०७६ वैशाख ३० गते १३:५३ मा प्रकाशित

काठमाडौँ : केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रूपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को विजेता बन्न सफल भइन भक्तपुर निवासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त विजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसै गरी फर्स्ट रनर अप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राई भएका थिए । 

प्रमुख अतिथि उधोगपति साहित्यकार वसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको द सुपर ममको निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, सन्ध्या पहाडी, विशाल पहाडी र भूषण श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरूलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरूलाई अन्तिम प्रतिश्प्रधामा उतारिएको आयोजक संस्थाको प्रमुख पुजना प्रधानले बताएकी छिन । मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धीहरूलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक प्रधानले गराइन।

प्रतियोगितामा ‘द सुपर मम’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाऊँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम आयोजक नायिका पुजना प्रधानले बताइन ।