अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

ब्रिटेनबाट अलग हुनुपर्ने मागसहित वेल्समा प्रदर्शन

बिआरटीनेपाल २०७६ वैशाख ३० गते १०:३३ मा प्रकाशित

ब्रिटेनबाट स्वतन्त्र हुनुपर्ने माग राख्दै वेल्समा हजारौँले प्रदर्शन गरेका छन् । आयोजकका अनुसार यो वेल्सको इतिहासमा भएको पहिलो विरोध प्रर्दशन हो । केही प्रर्दशनकारीले आफू जीवनकाल भरी स्वतन्त्रताको पक्षधर रहेको बताएका छन् । अन्यले भने ब्रेक्जिट र आर्थिक मितव्ययिताले स्वतन्त्रता पक्षधर भएको प्रतिक्रिया दिएका छन् । हालसालै भएको एक सर्वेक्षणले १२ प्रतिशत मानिसले स्वतन्त्रतालाई समर्थन गरेको देखाएको थियो ।

विरोध प्रदर्शनको अन्त्यमा वेल्स राष्ट्रिय गान गाइएको थियो । राष्ट्रिय गानपछि वेल्स राष्ट्रवादी पार्टी प्लेइड साइम्रुका नेता एडम प्राइसले धेरै वर्षसम्म, स्वतन्त्र वेल्सको सपना सुदुर भविष्यको कुराजस्तो लागेपनि अहिले अवस्था बदलिरहेको र वेल्स स्वतन्त्रताको आवाज ठूलो बन्दै गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू