अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

१३ औं ‘साग’ को लोगो सार्वजनिक

बिआरटीनेपाल २०७६ वैशाख ३० गते ९:१८ मा प्रकाशित

सरकारले ‘१३औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेको हो ।

प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनुभयो ।
कलाकार भोलानाथ पौडेलले तयार पार्नु भएकोे लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रङ्गले शान्तिलाई दर्शाउँछ भने त्यसको पृष्ठभूमिमा राखिएको रङ्गको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँछ । लोगोमा सार्क राष्ट्रको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ । मन्त्री विश्वकर्माले प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनुभयो ।

प्रतियोगितामा चार अर्ब खर्च लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिनुभयो । बजेटको व्यवस्थापनका लागि परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । त्यस अन्तर्गत रहने गरी विभिन्न समिति गठन गरिएको र प्रतियोगिताको कामलाई तीव्रता दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया