अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

प्रधानमन्त्री ओली कम्बोडियामा

बिआरटीनेपाल २०७६ वैशाख ३० गते ८:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्रा्ष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्रा्ष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभएको थियो ।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यहाँ पुग्नु भएको हो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मी लगायत हुुनुहुन्छ ।

यसअघि उहाँ भियतनामको भ्रमणमा रहनु भएको थियो । कम्बोडियाको भ्रमण पुरा गरेर उहाँ जेठ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू