अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

सुन्ने र सुनाउने १५ भाग सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख २९ गते २२:५७ मा प्रकाशित

अमेरिकी मातृदिवसको दिनमा पर्न गएको सुन्ने र सुनाउने कार्यक्रम प्राय आमा सम्बन्धित रहेर सम्पन्न भएको छ ।

निकै शालीन र भद्र रूपमा सञ्चालन भएको सुन्ने र सुनाउनेको १५ औ भाग कवयत्री तारा अधिकारीको सभापतित्वमा आमा विशेष कविताको बाहुल्यता रहेको थियो। भूपेन्द्र महतको शब्द र वसन्त लम्सालको सङ्गीत तथा स्वरमा सजिएको गीतको प्रारम्भिक रूप सार्वजनिक गरिएको उक्त कार्यक्रम मा दीपक गौतम तथा रविलाल बास्तोलाले स्वर सम्राट् नारायण गोपालको गीत गाउनु भएको थियो।

महिनाको दोस्रो आइतबार सञ्चालन हुँदै आइरहेको यो सबैको साझा मञ्चको अवधारणा बोकेको आजको श्रृँखला बिना उद्घोषण सर्जकहरूले नै आफू पछिका सर्जकहरूलाई बोलाएर गरेका थिए । नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको औचित्य बारे हाम्रो आवाजमा सहभागीको धारणा लिनुको साथै सधैँ झैँ बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

नयाँ सर्जकलाई हौसला तथा परिष्कृत गर्ने तथा अनवरत साधना गर्ने साहित्यिक मनलाई जोडने यो अभियान बिस्तारै झांगिदै गैरहेकोछ । आज आफ्नो रचना वाचन तथा धारणा अभिव्यक्त गर्नेहरूमा धन पौडेल, नायक नवराज श्रेष्ठ, गौतम सागर राई, रिता ढकाल, ज्ञानेन्द्र काफ्ले, सेनु प्रसाद तिवारी, सरोज भुसाल, भुपेन्द्र महत, बुद्धि लामिछाने, लाल प्रसाद चौलागाइ, पार्वती बास्तोला, छविलाल चौलागाइ, सीता सापकोटा, विजय देव अधिकारी र तारा अधिकारी रहनु भएको थियो ।

 

प्रतिक्रिया