अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

लुम्बिनीको भ्रमण गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण गरी प्रकृतिको सुन्दरतामा रमाउन विश्व समुदायलाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले एक पटक लुम्बिनीको भ्रमण गर्नु पर्ने बताउनु भयो ।

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीन दिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री नगुुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताउनु भयो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८ र २०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका १ सय १२ मुलुकबाट झण्डै १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् । सोही फोरमबाट प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि सवैलाई अपिल गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू