अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

नर्समाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही हुन्छ – मन्त्री विष्ट

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:१६ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरूमाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरूको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरूलाई आह्वान गर्नुभयो ।

आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई श्रम ऐन अन्तरगत कारबाही गर्ने पनि स्पष्ट पार्नुभएको हो ।

मन्त्री विष्टले श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी र गैरसरकारी सबै संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि जनाउनुभयो । पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिकसमेत नदिने केही अस्पतालहरूलाई कारबाहीको दायरामा ल्याइएको पनि मन्त्री विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू