अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

आँबुखैरेनी स्रष्टा समाजद्वारा स्रष्टा सम्मान

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ८:२८ मा प्रकाशित

आँबुखैरेनी, आँबुखैरेनी स्रष्टा समाजले २८ गते शनिवार तनहुँको आँबुखैरेनीमा एक विशेष समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा सङ्घीय कानुन मन्त्री हरिबहादुर चौंहनको प्रमुख आतिथ्यमा आबुँखैरेनी वाङ्मय पुरस्कार ‘भूइयाँ’ कृतिका स्रजर्क यज्ञश र ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ वरिष्ठ हास्य कलाकार उत्तम केसीलाई प्रदान गरेको हो । 

दुवै पुरस्कारको राशि जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थी विमला सारु मगरलाई प्रदान गरिएको छ ।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा सञ्चारकर्मी कृष्ण भुसाल र साहित्यकार कुमार नगरकोटीले बोलेका थिए । स्थानीय कलाकार तथा स्रष्टाहरूका साङ्गीतिक तथा साहित्यक प्रस्तुति रहेको कार्यक्रममा उत्तम केसी र गीता नेपालले प्रहसन प्रस्तुत गरेका थिए । सोअवसरमा सिस्नु पानी नेपालका माणिक रत्न शाक्य, साहित्यकार कुमार नगरकोटी, सञ्चारकर्मी कृष्ण भुसाल, मेकअप आर्टिष्ट श्याम बराल, कलाकार गीता नेपाल, कवि नारायण पोखरेल, गायिका पूजा सुनारलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजेश सोनाम र विशाल थापा मगरले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू