अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

क्यालिफोर्नियामा इमिग्रेशन क्लिनिक कार्यक्रम हुने

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ८:२३ मा प्रकाशित

क्यालिफोर्निया, नेपाली समुदायमा सच्चा मनले सेवा गर्ने संस्थाहरूको कमी छैन । विद्यमान अन्योलपूर्ण अमेरिकी आप्रवासन नीतिलाई लिएर लाखौँ लाख इमिग्रेन्टहरु त्रसित छन् । यस्तो बेला नेपालीहरूलाई पनि अनेक प्रश्नरुपी बिच्छीले टोकेर बिरामी भएको अवस्थामा यही आउँदो आइतबार मे १२, २०१९ मा इमिग्रेशन क्लिनिकको आयोजना गरिएको छ । लायन्स क्लब अफ सान लियान्द्रो मनकामनाद्वारा आयोजित सो कार्यक्रमलाई एन आर एन ए यु एस् हेल्प डेस्क उत्तर क्यालिफोर्निया च्याप्टरको नैतिक, प्राविधिक तथा आर्थिक सहयोग रहेको आयोजक संस्थाका चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालले बताउनु भएको छ ।

हेल्प डेस्क कि केन्द्रीय सभापति तथा एन आर एन ए एन सी सी यु एस् ए कि उपाधक्ष उमा कार्की थापाले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भएको छ छ । आयोजक संस्थाका अध्यक्ष यज्ञ नेपाल स्वयम् एक उच्च कोटिको वकिल हुनुहुन्छ । त्यसै गरी क्यालिफोर्नियामा अर्का सफल वकिल गोपाल शाह तथा अध्यक्ष यज्ञ नेपालले दर्शकहरूको प्रश्न र जिज्ञासाको सम्बोधन गर्नु हुनेछ भने हाल सम्पूर्ण गैर आवासीय नेपालीहरूको चासोको विषय एन आर एन नागरिकताबारे प्रकाश पार्दै सो क्षेत्रका विज्ञ श्री रविन सुबेदीको विशेष प्रस्तुति पनि हुनेछ ।

सो अवसरमा ट्रम्प प्रशासनको अन्तरगत इमिग्रेशन नीति परिवर्तन, टि पी एस्, देश निकाला गर्दा बच्ने उपाय, अमेरिकामा कसरी वैध तरिकाले बस्ने उपाय र वैध मार्गहरूको खोजी बारे विस्तृत चर्चा हुने कुरा प्रस्तोता तथा इमिग्रेशन अटोर्नी द्वय यज्ञ नेपाल, तथा गोपाल शाहले जानकारी दिनु भएको छ । कार्यक्रममा उल्लेख्य सहभागिता हुने एन आर एन ए यु एस् ए हेल्प डेस्क उत्तर क्यालिफोर्निया च्याप्टरका संयोजक तुलसी चौलागाईंले बताउनु भयो । सबैको जन जन चासो भएको उपयोगी विषयमा हुन लागेकोमा पीडित व्यक्तिहरू उत्साहित भएको पर्यवेक्षकहरुले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू