अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

भारतले नेपाललाई रेलका डिब्बा दिने सहमतिमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ४:०१ मा प्रकाशित

नेपाल र भारतका अधिकारीहरुबीच नेपाललाई रेलका डिब्बा हस्तान्तरण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । यो संगै भारतले नेपालमा सञ्चालन हुने रेलका डिब्बा उपलब्ध गराउने बाटो खुलेको छ । नेपाल र भारतबीच रेलका डब्बाहरु दिने कुरामा सहमति भएको हो ।

भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको हो। नेपालले तत्काल जनकपुर- जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ ।

बन्द भएर पुन सञ्चालन हुन लागेको जनकपुर- जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू