अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

फ्रान्समा भेँडा पनि विद्यार्थी, स्थानिय बिद्यालयमा भर्ना

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ३:५० मा प्रकाशित

फ्रान्समा एक किसानले आफ्ना १५ वटा भेँडालाई स्थानीय विद्यालयमा विद्यार्थीका रुपमा भर्ना गरेका छन् । विद्यार्थीको संख्या कम भएको भन्दै प्रशासनले एउटा कक्षा बन्द गर्ने योजना बनाएपछि ती किसानले आफ्ना १५ वटा भेँडालाई विद्यार्थीका रुपमा भर्ना गरेका हुन् ।

ग्रेनोब्लेको उत्तर पूर्वमा रहेको जुएलस फेरी प्राइमरी स्कूलमा विद्यार्थीको संख्या २६६ बाट २६१ मा झरेको थियो । त्यसपछि अधिकारीहरुले एउटा कक्षा बन्द गर्ने योजना बनाएका थिए । तर स्थानीय किसान मिशेल गिरर्डले प्रतिकात्मक रुपमा आफ्ना केही भेँडालाई विद्यार्थीका रुपमा भर्ना गरेका हुन् ।

मिशेल आफ्ना ५० भेँडासहित विद्यालयले गरेको विशेष समारोहमा उपस्थित थिए, जहाँ शिक्षक, बालबालिका र विद्यालयका अधिकारी गरि झण्डै २०० जनाको उपस्थिति रहेको थियो ।

सो अवसरमा स्थानीय मेयरले विद्यालय भर्ना भएका भेँडाहरुलाई जन्मदर्ता प्रमाण पत्र प्रदान गरेका थिए । उनले न्यूनतम विद्यार्थी संख्या तोकिँदा विद्यालय बन्द हुने अवस्था आउनका नदिनका लागि यस्तो तरिका अपनाउनु परेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू