अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

७ औं इन्डो–नेपाल कराते प्रतियोगिता आजबाट सुरु

बिआरटीनेपाल २०७६ वैशाख २७ गते ९:२० मा प्रकाशित

७ औं इन्डो नेपाल कराते प्रतियोगिता आजबाट सुरु भएको छ । २ सय २३ जना प्रतियोगि रहेको कराते प्रतियोगिता शुक्रबारबाट बालुवाटारमा सुरु भएको हो । प्रतियोगितामा भारतका ३३ र नेपालका १ सय ९० खेलाडि सहभागि रहेको आयोजक नेपाल गोजुकाई कराते डो संघले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले अव नेपालमा खेल खेलेरै जिवन निर्वाह गर्न सकिने वातावारण राखेप बनाउन लागिपरेको बताउनुभयो । अब बन्ने विधेयकले समेत खेलाडिलाई खेल खेलेरै जिउन सक्ने वातावरण बनाउने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल गोजुकाई कराते डो संघका अध्यक्ष अच्युतराज उपे्रतीले आफुहरु कसैको सहयोगबाट नभई आफ्नै बलबुताले विभिन्न प्रतियोगिता गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले फिपिन्समा हुने सातौं एसीएन प्यासिफिक गोजुकाई कराते प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग भए खेलाडीहरुले देशलाई मेडल दिलाउन सक्ने बताउनुभयो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मेडल प्रमाण पत्र वितरण गरिने आयोजक नेपाल गोजुकाई कराते डो संघले जनाएको छ ।

प्रतिक्रिया