अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

कोलोराडोकि चेली सम्झना (The Voice of Nepal) द भोआइस अफ नेपालमा

बिआरटीनेपाल २०७६ वैशाख २५ गते २२:५० मा प्रकाशित

कोलोराडो राज्यमा बसोबास गर्दै आएकी सम्झना पाण्डे नेपालको बहु चर्चित रियालिटी सो द भोईस अफ नेपालको लागि छनौटमा परेकी छिन् । कोलोराडोमा आफ्नो स्वरको जादुबाट नेपाली समुदाय लगायत भारतीय, बङ्गाली जस्ता समुदायमा समेत आफ्नो स्वर प्रभाव पार्न सफल पाण्डे आफ्ना २ छोरा र श्रीमान् कोलोराडोमा बसोबास गर्दै आइरहेकी छन् । 

नेपालमा केही गीत गजल आफ्नो स्वरमा रेकर्ड गर्ने समेत मनसाय बोकेर उनी नेपाल तर्फ प्रस्थान गरेकी छिन् । Colorado Mesa University बाट बिएसएन गरेकी पाण्डे Porter Adventist Hospital मा फेमिली नर्सको रूपमा कार्यरत छिन् । सानै उमेर देखी सङ्गीत मन पराउने हँसमुख पाण्डेको आगामी दिनको साङ्गीतिक यात्रा सुखद हुन । बिआरटी नेपाल हार्दिक शुभकामना प्रकट गर्दछ ।

प्रतिक्रिया