अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

अमेरिकाको मिनेसोटामा इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै

बिआरटीनेपाल २०७६ वैशाख २५ गते ११:४४ मा प्रकाशित

मिनेसोटाको भलिबल टिमले यही मे महिनाको २५ र २६मा अन्तर राज्य भलिबल प्रतियोगिताको आयोजना गर्दै छ । ११ वटा टिमले भाग लिने जनाइएको उक्त प्रतियोगितामा कोलोराडोले पहिलो चोटि आफ्नो सहभागिता जनाउँदै छ ।

प्रथम हुनेले टिमले $६००० सहित मेडल तथा ट्रफी तथा दोस्रो हुने टिमले $४००० मेडल तथा ट्रफी पुरस्कार स्वर प्राप्त गर्ने जानकारी प्राप्त भएको छ ।

सहभागिताको प्रवेश शुक्ल $६०० तोकिएको उक्त प्रतियोगितामा आबसको भने आयोजकले व्यवस्था गर्ने छ । आयोजक मिनेसोटा, कालिफोर्निया तथा टेक्सस राज्यबाट दुई दुई वटा टिम प्रतिस्पर्धामा उत्रने छन् भने कोलोराडो, ओहायो, सिकागो, विस्कन्सन र मिसिगन राज्य पनि उपाधिका लागि भिड्ने भएका छन् ।

दुई दिन सम्म खेलिने उक्त प्रतियोगिता मिनेसोटा स्थित सेन्ट पल हाइ स्कुलमा सञ्चालन हुने छ । कोलोराडो डेनबर मेट्रो क्षेत्रका खेलाडी समेटेर बनेको कोलोराडो टिममा सुमन केसी, नेत्र पोखरेल, वसन्त लम्साल, अनिल बुढाथोकी, हरि बहादुर खत्री, प्रेम कार्की, रमेश कार्की र जित पौड्याल रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू