अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

किरण सिटौला दोस्रो कार्यकालको लागी पुन : उप नगर प्रमुख(मेयर)मा विजयी

विजय थापा २०७६ वैशाख २५ गते ११:२२ मा प्रकाशित

डिसी । किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक सहरको उप नगर प्रमुख(मेयर) मा दोस्रो पटकको लागि पुन : विजयी भएका छन् l उनी यसै नगर पालिकाका पूर्व उप नगर प्रमुख (भाइस मेयर )पनि हुन् ।

अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलका व्यक्ति सार्वजनिक पदमा सबै भन्दा पहिला उप नगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भई इतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् ।

टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा सिटौला सहित ६ जना उम्मेदवार रहेका थिए । जनताले पुन :सन् २०१५ मा निर्वाचित भएका तिनै उम्मेदवालाई सोही पदमा निर्वाचित गरेका छन् ।

उक्त पदको कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व नगरी सिटौला स्वतन्त्र रूपमा चुनावमा लडेका थिए । उनले कूल मत २०८ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकामा अनुमानित ४ हजार ५ सय परिवार रहेका छन् भने मतदाता करिब ३ हजार रहेका छन् । आज कुल मत ४४२ खसेको थियो ।

सन् २०१५ मा सर्वाधिक मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका ब्राण्डन पौलिन मेरिल्याण्डको इतिहासमा सबै भन्दा कान्छो ब्राण्डन ले पुन उम्मेदवारी दिएका थिए भने उनी नगर प्रमुख दोस्रो पटक विजयी भएका छन् । उनले ३०९ मत ल्याई नगर प्रमुख भएका छन् ।

सिटौलाले सन् २०१५ मा दोस्रो ज्यादा मत ल्याएकोले यस पटक पनि दोस्रो ज्यादा मत २०८ मत प्राप्त गरी उप नगर प्रमुख भएका छन् । यस पटक सिटौलाले नगर प्रमुख पदको लागि नगर प्रमुख ब्राण्डन पौलिन सँग प्रतिस्प्रद्धा गरेका थिए ।

त्यसै गरी नगर परिषद् सदस्यमा कुर्टिस स्मिथ निर्वाचित भएका छन् भने उनले २०२ मत ल्याएका छन् ।

सन् २०१५ को निर्वाचनमा आफूले अपनाएका नीति झैँ २०१९ मा भएको निर्वाचनमा पनि उनले कसैसँग चुनावी आर्थिक सहयोगको लागि हात फैलाएनन् । र नेपाली समुदायलाई आग्रह गरेनन् । नेपाली सञ्चार माध्यमबाट टाढा रही आफ्नो निर्वाचन प्रचारलाई सामाजिक सञ्जालमुखी र प्रचारमुखी नबनाई घरदैलो अभियानलाई तीव्र बनाई चुनावमा होमिएका थिए ।

चुनावी खर्च कति भयो ?
उनले भने नगरपालिकाको लागि अर्थ को धेरै आवश्यक नपर्ने हुनाले यो चुनावमा करिब एक ($ १००० ) हजार डलर मात्र खर्च भएको ईनेप्लिजलाई बताए । त्यो पनि चुनाव प्रचार सामग्रीको खरिद गर्दा लागेको बताए । यस्तो पदको लागि कोष वृद्धि(फन्ड राइजिङ्ग) गरी रहनु नपर्ने पनि बताए ।

२४ वर्ष अगाडी अमेरिका आएका ४५ वर्षका सिटौलाले ४ वर्षको कार्यकालमा विकासका काम गरेर विश्वास दिलाएको हुनाले नगर पालिकाको उप नगर प्रमुखमा जनताले विजयी गराएका हुनाले सबैलाई धन्यवाद दिएका छन् ।
यस पटकको निर्वाचनमा उनले अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई सन्देश लेखेका थिए । सन्देश यस्तो थियो ‘आज म जहाँ छु त्यो मैले नेपालमा त्यस्तो शिक्षा नलिएको भए म यहाँ र यो अवस्थामा हुने थिइन् । साथै मलाई मेरो परिवारको साथ कै कारण म आनन्द लिई रहेको छु ‘ मैले सत्य बोलेर नै नेपाली आप्रवासी समुदायको साथ मेरो सम्पूर्ण जीवनमा विकास गरेको छु ।

म सम्मान साथ भन्न चाहन्छु आज हामीसँग मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एच बि ह्यारी भण्डारी ,भर्जिनिया हे मार्केटका लागि नगर परिषद् सदस्य मधु पन्थी र भर्जिनिया हर्नडन सहरका लागि नगर परिषद् सदस्य प्रदीप ढकाल छन् । मलाई आशा छ ,सरकारका विभिन्न तह र स्तरमा हाम्रो प्रतिनिधित्व हुने छ । आफूले आफ्नो सहरमा इमान्दारिता ,सत्य निष्ठा तथा दूरदर्शिता साथ सेवा गरेको भन्दै जुन मैले चाहेको थिए त्यस अनुसार काम गरेको भनाई राखेका थिए ।

उनले एक कार्यकाल नगर प्रमुख हुन् चाहेको सन्देश दिएका थिए । टाउन अफ इण्डियन हेड लाई पुनर्जीवन गर्न आफ्नो उम्मेदवारी दिएको भनी उनले प्रचार प्रसार सामग्री वितरण गरेका थिए । यस पटक उनका नजिक रहेका आफन्त,शुभचिन्तक ,साथीभाइ ,समाजसेवीहरूले पनि चुनाव अभियानमा सहयोग गरेका थिए । यस पटक उनको चुनावमा नेपाली मूलका मेरिल्याण्डका विधान सभा सदस्य एच बि ह्यारी भण्डारी ,भर्जिनिया हर्नडन सहरका लागि नगर परिषद् सदस्य प्रदीप ढकाल लगायत आएका थिए ।

बुढानीलकण्ठबाट १० कक्षा उत्रिन गरे पछि उच्च शिक्षाको लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटाबेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड आन्तरिक राजश्व विभागमा सूचना सेवामा कार्यरत छन् l

काठमाडौँको नक्सालमा जन्मिएका सिटौला विश्व बैङ्कका साथै अमेरिकी पत्रिका ‘युएसए टुडे’ मा वितरक व्यवस्थापक रूपमा काम गरेका थिए । सिटौला आफू बसोबास रहेको क्षेत्रमा स्थानीय इण्डियन हेड इलिमेन्ट्री विद्यालयमा विज्ञानसम्बन्धी अतिरिक्त क्रियाकलाप सम्बन्धी स्वयम् सेवकका रूपमा काम गर्दै आएका छन्

उप नगर प्रमुखमा यसरी निर्वाचित भए ;
सन् २०१५ कै चुनावी रणनीति झैँ यस पटक पनि आफूले गरेका विकासका काम र गर्नु पर्ने मुख्य कार्यसूचीलाई अगाडी बढाई जानकारी सहित ४ हजार २ सय मतदाताका घर दैलो अभियानलाई व्यापक बनाउँदा सफल भएको बताए l

सिटौला बुढानीलकण्ठका पूर्व विद्यार्थीहरूको सङ्गठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया