अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

चिया मजदूरको आन्दोलन– तातो सड्कमा सुतेर ज्याला माग

बिआरटीनेपाल २०७६ वैशाख २४ गते ९:५६ मा प्रकाशित

पूर्वका चिया मजदुरले तातो सडकमा सुतेर सरकारले तोकेको ज्याला माग गरेका छन्। गत चैत १७ गतेबाट आन्दोलनमा उत्रेका उनीहरुले मंगलबार झापाको विर्तामोड चोकमा पूर्व पश्चिम राजमार्गमै सुतेर उनीहरुले सरकारले मजदुरका लागि तोकेको ज्याला माग गरेका हुन्।

आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन २०७४ लागु गर्न माग गर्दै तातो सडकमा सुतेका हुन्। सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ र अतिरिक्त समयका लागि प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ ।

तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपियाँ मात्र पाइरहेका छन्। कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपियाँ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन। श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रुपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो। चिया उद्योगीहरुका अनुसार चिया क्षेत्रलाई सबै क्षेत्रसंग मिलाइएकाले यो अवैज्ञानिक भएको हो। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासी थेग्नै नसक्ने गरि आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धरासायी बन्ने स्थिति छ।

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ। यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू