अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

एन आर एन ए निर्वाचनमा कसलाई कसरी छान्ने?

ईश्वरी भट्ट २०७६ वैशाख २३ गते २१:१३ मा प्रकाशित

यती खेर अमेरिकामा बस्ने गैर आवासीय नेपालीहरूको एक मात्र संस्था “गैर आवासीय नेपाली सङ्घ अमेरिकाको” चुनावी प्रचार प्रसारको सरगर्मी चरम विन्दुमा पुगेको छ । प्रत्याशी सबै उमेरवादहरू ऑफूलाइ सक्षम र सबल देखाउन हर प्रयत्नहरू गरी रहेका छन् । देख्दा कोही भन्दा कोही कम छैनन् र हुनु पर्ने पनि त्यही हो । स्वतन्त्र रूपमा सकेजती जनसम्पर्क र सञ्जालमा ऑफूलाइ फिजॉइ रहेछन् । नेजाले यो निर्वाचनमा बहु क्षेत्रीय कार्यक्रमहरू गरेर एक उजागर नै ल्याइ दिएको छ । यसैले यस पटकको निर्वाचनको ठुलो धन्यवादको पात्र पनि बनेको छ नेजा । हुन त कोसिस सवैबाट भएको देखिन्छ, घर परिवार, इष्ट मित्र, नातागोता, चिनजानका साथीहरू, विभिन्न सङ्गठनको साङ्गठनिक आन्तरिक प्रभाव, मोफसलका पत्रकार, विभिन्न सञ्चार माध्यमहरू नेपाल देखि अमेरिका सम्म कै माहौल अमेरिकी निर्वाचनमा सरिक देखिन्छ ।

यो मानेमा यो संस्थाको महत्त्व र वर्चस्व रहेको पनि देखिन्छ । सवैमा ऑफ्ना उम्मेदवार र ऑफूलाइ विजयको माला पहिराउन ऑतुर देखिन्छन् । यो ऑफैमा राम्रो पनि कुरा हो । यसो भयो भने संस्था वा सङ्गठन जीवित रहन्छ र संस्था भएको सार पनि हुन्छ । सदस्य थोरै वा धेरै बन्नुमा ऑफ्नै कारण होलान् तर यो सबल र सक्षम एक मात्र नेपालीहरूको प्रिय संस्था हो र हुनु पर्दछ। सङ्गठन र संस्था नै अहिलेको समयको बल हो । संस्था वा सङ्गठन विना अहिलेको समयमा केही पनि गर्न सकिँदैन, यो पनि ध्रुव सत्य हो ।

हुन त यति खेर पनि अदालती काम कुराहरू भएका छन् भन्ने सुनिन्छ। यो पनि एक लत रहेछ । ऑफ्नो संस्था वा सङ्गठनलाई ऑफैलागि सक्षम र सबल वनॉउनुको सॉटो अदालती तागत देखाउन खोज्नु भनेको “काम न पाको बुढी कनिका केलाएको” जस्तै हो । यसलाई सफा, स्वच्छ र राम्रो देखाउन वा वनॉउन त ऑफ्ना राम्रा कामहरू यस मार्फत देखाएर अगाडि बढाउनु राम्रो हु्न्छ। खैर जो लफडाको जिन्दगी बिताउन चॉहन्छ त्यसको लागि भन्नु पनि केही छैन । सोचाइ ऑ-ऑफ्नो नै हो । तर सत्य के हो भने झगडा, तगडा, वाद, विवादले कुनै पनि संस्था राम्रो वनॉउन भने सकिँदैन ।

अब यतिखेर करिब करिब चुनावी प्रचारको अन्तिम प्रहरमा उमेरवादहरू छन् । उमेरवादहरूले ऑफ्नो कर्तव्य राम्रै निभायको पाइन्छ र अब कर्तव्य निवारण गर्ने काम भनेको मतदाताको हो । हामीलाई थाहा छ, हामीलाई सबल र सक्षम एन आर एन अमेरिका चाहिएको छ । यसका पहिला भएका, गरिएका विकृति र विसङ्गतिहरू सच्याउनु, अर्थात् यसमा नमिलेका कुराहरू मिलाउनु पर्ने र राम्रा कुराहरू गर्नु पर्ने आगामी कार्य समितिको काम हो । कसलाई चुन्दा वा त्यो ठॉउमा पुर्‍याउनु हामीले भने जस्तो संस्था यसलाई वनॉउन सकिन्छ भन्ने जिम्मा भोटरहरूको हो ।

हामीले ऑफ्ना उमेरवादहरू चैन गर्दा समयमा विचार पुर्‍याएनौ भने पछि फेरी गुनासो गरेर केही काम हुँदैन । पछिको गुनॉसो त दिन काट्ने बाटो मात्र हुन्छ । त्यसैले, सबै उमेरवादहरूका कुराहरू सुनौँ, एजेन्डाहरू पढौँ र मनन गरौँ । सॉचै कसको कुरा ठिक छ त ? यो जॉच्ने वा कसी लगाउने कुरा हो र यो जिम्मा तपॉइ हामीमा छ । समयमा नै सोचौँ। सही, सबल, र सक्षम उमेरवादहरूको चैन गरौँ र अमेरिकामा एक सबल प्रवासीहरूको छाता सङ्गठन बनाऔँ । जसका कारण यहॉ हाम्रा बिचमा भएका समस्याहरू समाधान गर्न पनि सहयोग पुगोस् र हाम्रो मातृ भूमि नेपालको लागि पनि केही गर्न सकियोस् । त्यसै गरी यसको मार्फत हाम्रो कर्म भूमि र मातृ भूमि बिच एक सबल सम्बन्ध पनि कायम हुन सकोस् ।

जय एन आर एन !

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू