अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठ पहिलो सातादेखि हुने

बिआरटीनेपाल २०७६ वैशाख २२ गते १०:०६ मा प्रकाशित

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठ पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने प्रतियोगिता आगामी जेठ १ देखि २४ गेतसम्म आयोजना हुने भएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिता २३ दिन सञ्चालन हुनेछ । तीन विभागीय टिम (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) र ७ प्रदेशका टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक दिन एक खेल हुने प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ५० लाख रुपैयाँ रहेको इभेन्ट व्यवस्थापक नेपालय इन्टरनेशलले जनाएको छ । जसमा विजेतालाई २० लाख पुरस्कार प्रदान गरिनेछ । उपविजेतालाई १० लाख दिनेछ भने प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू