अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

भ्रस्टाचारमुक्त गर्नुस् नत्र तपाइले पालेको सर्पले तपाइहरूलाई टोक्ला ?

उज्वल ठकुरी २०७६ वैशाख २२ गते ९:३६ मा प्रकाशित

भ्रस्टाचार अर्थात भ्रष्ट +आचार । भ्रष्ट अनि बिग्रेको आचारकोमतलब हो गु आचरण । अर्थात् भ्रष्टाचार को शाब्दिक अर्थ त्यो आचरण हो जुन कुनै पनि प्रकार को अनैतिक र अनुचित काम । जब कुनै बेक्ती न्यायब्यवस्था को मान्य नियमको विरुद्ध गएर आफ्नो स्वार्थको पूर्ति गर्न गलत आचरण गर्न लाग्छ भने त्यो व्यक्ति भ्रष्टाचारी भनिन्छ । आज नेपाल बिश्वकोसबै भन्दा शान्ति र स्वर्ग जस्तोदेशमा भ्रस्ताचारीहरुले आफ्नो जदो राम्ररी फैलाउँदै गएको छ ।

आज नेपालमा कत्रा कत्रा सिद्धान्त र सपना बोकेर आएका बेक्तिहरु नेताहरू भ्रष्टाचारी बनिसकेकोछ । भ्रष्टाचारमा शान्ति क्षेत्र सुन्दर देश नेपाल आज १२४ इस्थानमा पुगिसकेको छ । भ्रटाचारको धेरै रूप रङ्ग छ जस्तो कालो बजार, महँगो वृद्धि, पैसा लिएर मात्र काम गर्ने, सस्तो समान महँगोमा बेचिनु, पैसाको चल खेलले कुनै पनि प्रशासनको बढुवा घटुवा हुनु, न्यायालय किन बेच हुनु, मन्त्री परिसद किनबेच हुनु । हत्या, बलात्कारमा बढ्दो प्रभाव पार्नु । सुन कान्ड धेरै हुनु, इ सामान्य भ्रष्टाचार हुन् ।

भ्रस्टाचारहुनुको कारण केत ?: भ्रष्टाचारको धेरै कारणहरू छ । जस्तो
१. असन्तोष: कुनै व्यक्तिलाई केही सन्दर्भ नपुगेरवा चित्त नबुझेर वा न्याय नदिएर दु:ख हुन्छ तब त्यो व्यक्ति मजबुत भएर भ्रष्ट बन्छ ।
२. स्वार्थ र असमानता: असमानता, आर्थिक सामाजिक, सम्मान, पद-प्रतिष्ठाको कारण पनि व्यक्तिले आफूलाई भ्रष्टाचारी बनाइदिन्छ । ईर्ष्या र हीनताको भावनाले सिकार भएको व्यक्तिहरू पनि भ्रष्टाचारको बाटो अपनाउन थाल्छन् । सँग सँगै भ्रस्टनेताहरुले जब आफू शक्तिमा आए सि देश बनाउनुको साटो आफ्नो परिवार बनाउन थाल्छ तब अरू नेताहरू नि त्यो सोचको पर्खाइमा हुन्छ र भ्रष्टाचारको उत्पन्न हुँदै जान्छ । केही भ्रष्टाचार ज्यानको धम्की, जबर्जस्ति फलानो ढिस्कानो पार्टीको मान्छे बनाएर पनि भ्रष्टाचारको उत्पन्न गरिछ । देशको विभिन्न विभागलाई आज भ्रष्टाचारले एक आदर्श मजबुत बनाउँदै गएको छ ।

नेपालमा बढ्दै गएको भ्रष्टाचार:
भ्रष्टाचार एकदम खतरनाक बिरामी हो । नेपालमा भ्रस्टाचारएक दम तेजिलो पाराले बिरामी फैलिँदै गएको छ । भ्रष्टाचारको बिरामीको किरा देशको प्रत्येक कुना कुनामा जदोबनेर पुगिसके को छ । यो भ्रष्टाचार समयमै जनताहरूले रोकेन भने भोलि यो बिमारीले सम्पूर्ण नेपाल डुबाउँछ । याद राख्नुस् भ्रष्टाचारको प्रभाव अत्यन्तै व्यापक हुन्छ । यो कसरी भन्नु होला ? यो यसरी जस्तो, खेलमा म्याच फिक्सिंग, प्रशासनमा बढुवा घटुवामा फिक्सिंग, प्रहरी प्रशासनमा अदल बदलामा फिक्सिंग, मन्त्री परिसदमा अदल बदल फिक्सिंग । नेताहरू जता पनि अनैतिक आचरण लिएर आफूलाई बेचिदिने । यो सबै कसरी भन्दा, पैसाले किन बेच गरेर पद पाइन्छ भने के टेन्सन । हिजोको दिन एक एउटा चौकीको इन्स्पेक्टरको कत्रो इज्ज़त हुन्थ्यो तर आज आएर आइजीपीको इज्ज़त हुन्दैन त्यो सबै भ्रष्टाचारले गर्दा हो किन कि सोच हेर्नुस् त्यो जाबो आइजीपी पैसा किनेर भा त होनी, एक मामुली नेताले भन्दिनछन् । जिन्दगी भरि दुख गरेर आएको प्रहरीलाई उल्ट पुलट परेर सलुठ ठोक्न लाउँछ । हिजोको दिन एउटा शाखा अधिकृतको कत्रो इज्ज़त हुन्थ्यो, तर आज सचिवको पनि इज्ज़त छैन किन कि एउटा जाबो अनपढ मन्त्रीले तुरुन्तै हग भने हग, मुत भने मुत गर्नु पर्ने अवस्था देखिन्छ । यो कसरी भो त भ्रष्टाचारको प्रभाव अत्यन्तै व्यापक भएर ।

भ्रष्टाचार रोक्ने उपायहरू:
हेर्नु यो एउटा संक्रामक रोग जस्तो हो । समाजमा विभिन्न इस्टरमा फैलिएको रोग नियन्त्र गर्न एक प्रयोगशालाको आवश्यकता हुन्छ त्यस्तै भ्रष्टाचारको रोग थाम गर्न पनि कठोर दण्ड व्यवस्थाको आवश्यकता हुन्छ । तर अफ्सोज हाम्रो देश हेर्नुस् यदि कोही भ्रष्टाचार पैसा दिएको अवस्थामा पक्रियो भने, पैसा दिएर नै बाहिर निस्कन्छन् । न्याय पालिका किनिसकेको हुन्छ । गरिबले त न्यायको किताब पढ्ने मात्र हो । भगवानले आएर सहायता गर्ला भनेर माला जप्ने मात्र हो । न्यायको उपभोगता त धनी वर्गले वा भ्रस्टचारीले मात्र प्राप्त गर्छन् । हो नेपालमा अहिले यही सत्य हो । उदाहरण हेर्नुस् निर्मला पन्त अनि अनगिनत बलात्कार र हत्या केश । जुन आमाको कोखबाट निस्केर आज देशको प्रतिनिधि भाछन त्यही कोख प्रत्येक दिन बर्बाद पार्दा न त पुलिस छ न न्याय पालिका छ, किन त भन्दा भ्रष्टाचार कै कारण हो । जब सम्म ठुला ठुला घरको चेलीबेटी यस्तो अन्गीनत अपराधको सिकार हुन्दैन न्याय पालिकाको किताबको पन्ना खुल्दैन, जब सम्म नेताहरू बाटोमा हिँड्दा अपराधीहरूको सिकारमा पर्दैन तब सम्म कठोर न्याय पालिका बन्दैन । त्यसैले यो हुनु अघि नै न्यायालयमा कठोर न्याय बन्नु आजको अवश्यक्ता छ । आँखा खोलेर आजको दिन कठोर न्याय बनाउनुस्, पैसाले किन्न नसक्ने दुखी गरिबको लागि झ्याल धोका खोल्ने न्याय पालिका खोल्नुस्, नत्र पैसाले मृतु कसले रोक्न सक्छ र ? यमराजले पैसा लिए सि राज गरिराख भनेर आज सम्म कसलाई राज गद्दीमा राखेर यमराज फेर्केरा गएको छ र ! यमराज एक कथा होला तर आजको युगको यमराज भनेको भोको नाङ्गो र गरिब जनतानै एक भ्रष्टाचारीको यमराज बन्न सक्छ ।

राष्ट्रपतिले मेरो नेपाल भन्यो भनेर आलोचना गर्दै पछि हिँड्नु भन्दा, संसद् भवनमा भ्रष्टाचार विरुद्ध हाम्रो न्यायको किताब बनाउन आवाज निकाल्नु जरुरी छ । आज सम्म त्यस्तो कुनै सरकार बनेको छैन जसले देशको जनता मारेर जिन्दगी भर राज गरेको होस् । अन्त्यमा अति नै आवश्यकता के भने भ्रष्टाचारको यो खतरनाक विषालु सर्पहरू जत्ति सबैको टाउकोमा कुल्चिनु जरुरी छ । सरकारले भ्रष्टाचारको साथ लिएर हैन, प्राय सबै भ्रष्टाचारीहरूलाई कानुनको दायरमा पुर्‍याउन सक्ने कुनै प्रभाव पूर्ण काम गर्नु जरुरी छ । नत्र आज देश को चेली बेटी बेच्नेहरूले नेताहरूको छोरी श्रीमती एक दिन अवश्य बेच्ने छन् । नेताहरूको श्रीमती र चेलीबेटी लुट्ने अरू कोही हैन, आफैले सिकाएको र उत्पन्न गरेको नेताहरूको बफादार अङ्ग रक्षक हुन जाने छ । उदाहरणको लागि इन्दिरा गान्धीको जीवनी पढ्नुस् ।

यो लेख एक काल्पनिक या नि सपनाको आधारमा लेखेको छु, कसैसँग मेल खान गए सपना सझेर पढ्नु होला । विश्व प्रेस स्वतन्त्र दिवसको शुभकामनाको साथ सम्पूर्ण पत्रकार साथीहरूलाई खरो र दरो खबर लेख्ने शक्ति प्राप्त होस् । सत्य लेख्न भ्रष्टाचारीको गुलामी गर्न नपरोश ।
जय देश, जय मातृ भूमि ।

प्रतिक्रिया