अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

कोलोराडोमा नेपाली भाषा कक्षा पाठशाला शुरु, २७ नेपाली बालबालिका भर्ना

बिआरटीनेपाल २०७६ वैशाख २२ गते ९:४२ मा प्रकाशित

अमेरिकाको कोलोराडामा शनिवारदेखि नेपाली भाषा कक्षा पाठशाला शुरु भएको छ । नेपाली मुलका वालवालिकाहरुलाई नेपालको भाषा, धर्म संस्कृतिको जानकारी गराई पुस्तान्तरणमा सहयोग पुर्याउने उद्धेश्यले पाठशाला शुरु गरिएको जनाईएको छ ।

कोलोराडोकोे अरोरा सहरमा रहेको सेन्टेनियल स्थित चर्चमा पाठशाला सञ्चालनको औपचारिक उद्धघाटन गरिएको छ । पाठशालाको सक्षम भण्डारी, ओलिभिया ड्रिस्कोल, अर्यान बराल, आरुसी खनाल लगायतका वालवालिकाहरुले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । सानो बच्चामा नेपालबाट अमेरिका ल्याइएका र अमेरिकामै जन्मेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाइने यो पाठशालामा प्रत्येक शनिवार दिनको २ बजे देखी ४ बजे सम्म नेपाली भाषा सिकाइन्छ ।

यसैवीच, हालसम्म उक्त पाठशालामा २७ जना नेपाली बालबालिकाहरू भर्ना भएका छन् । नेपाली पाठशालामा पेमा भुटियाले भोलन्टियर गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पाठशालाको उद्घाटन कार्यक्रममा बोल्दै राजेन्द्र सिग्देलले पाठशालाका नियम, भर्ना शुक्ल, कक्षा संचालन र आबश्यक पाठ्यसामग्री उपलब्ध गराउने लगायतका बिषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अर्जुन बगाले, योगराज गौतम तथा राजु खनालले नेपाली वालवालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको बारेमा अझ बढी अध्ययन गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले नेपाली भाषा कक्षा सञ्चालन गरिएको बताउनुभयो । शिक्षिका सिलसिला थापा कार्कीले प्रवासमा नेपाली पाठशालाको सञ्चालनले सन्ततिलाई नेपाली भाषाको ज्ञान हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया