अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

कोलोराडोमा २६४३ औँ बुद्ध जयन्ती शान्ति पद यात्रा हुँदै

बिआरटीनेपाल २०७६ वैशाख २१ गते १२:१० मा प्रकाशित

विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको २६४३ औँ जन्म जयन्तीको अवसरमा अमेरिकाकाको डेनभर सहरमा यस क्षेत्रको सम्पूर्ण सङ्घ संस्थाको सक्रियतामा बुद्ध जयन्ती शान्ति पद यात्रा हुने भएको छ । विगत चार वर्ष देखि हुँदै आएको उक्त शान्ती पदयात्रामा सम्पूर्ण कोलोराडोवासीलाई नेपालको राष्ट्रियता झल्किने पोसाक, बाजागाजा तथा आ-आफ्ना ब्यानर सहित शोभायात्रामा सहभागी हुन आयोजक समूहले हार्दिक अनुरोध गरेको छ ।

यस वर्षको शान्ति पदयात्रा यही मे महिनाको १८ तारिख शनिवार बिहान १०:३० बजे डेनभर डाउन टाउन सिभिक सेन्टर पार्कबाट (101 W. 14th Ave, Denver, CO 80204) शुभारम्भ भई डेनभर डाउनटाउनको १६ स्ट्रिट मलमा परिक्रमा गर्दै फेरी सिभिक सेन्टर पार्कमा गएर सम्पन्न हुने जानकारी बिआरटी नेपाललाई सञ्जय शाक्यले दिएका छन् । हरेक वर्ष झैँ यस वर्ष पनि स्थानीय नेपाली सङ्घ संस्था र नेपाली जनसमुदायलाई शान्ति पद यात्रामा आई आफू बुद्ध भूमिमा जन्मेको र नेपाली हुनुको गर्व गर्दै शान्ति पदयात्रामा सहभागी हुन सबैलाई आह्वान समेत गरेका छन् । चन्द्र सूर्य अङ्कित नेपाली झन्डा र भगवान् बुद्धको जन्मस्थानसँग सम्बन्धित विभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर हरेक वर्ष अमेरिकाको डेनभरमा यो शान्ति पदयात्रा हुँदै आएको छ ।

प्रतिक्रिया