अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

अमेरिकामा १३६ यात्रु बोकेको विमान नदीमा खस्यो

बिआरटीनेपाल २०७६ वैशाख २१ गते ९:२१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा एक विमान नदीमा खसेको छ । बोइंग ७३७ विमान सेन्ट जोन्स नदीमा खसेको हो । विमानमा १३६ जना यात्रु थिए । विमानबाट उद्धार गरिएकाहरुलाई अस्पताल लगिएको छ । सबैजना सुरक्षित रहेको बताइएको छ । कसैलाई पनि चोटपटक लागेको छैन ।

नदीमा पानी कम भएका कारण विमान डुब्न पाएन । त्यसैले मानवीय क्षति नभएको बताइएको छ । मायामी एअर इन्टरनेशनलको सञ्चालनमा रहेको उक्त जहाज क्युबाको गुवान्टान्मो बेबाट उडेको थियो । यसको गन्तव्य फ्लोरिडाको ज्याकसोनभिला सहरस्थित आर्मी क्याम्प थियो।

ठूलो हावाहुन्डरी आइरहेका बेला अवतरण भएपछि जहाज चिप्लिएर क्याम्प नजिकैको सेन्ट जोन्स नदीमा पुगेको यात्रुहरूले बताएका छन्। यात्रुका अनुसार जहाज भुइँमा नराम्ररी बजारिएर उफ्रेको थियो। पाइलटले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको जहाज दुई/तीन पटक उफ्रेको यात्रुहरूको भनाई छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू