अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

शाह समूह बोर्ड अफ डाइरेक्टर चयनमा व्यस्त

बिआरटीनेपाल २०७६ वैशाख २० गते २२:४१ मा प्रकाशित

एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्यासी सुनिल शाह समूहमा बोर्ड अफ डाइरेक्टरमा अगाडि बढाउने सदस्यहरूको नाममा छलफल भई रहेको छ ।

प्राप्त जानकारी अनुसार टि पी खनाल (सियाटल), सी पी पौडेल (टेक्सस), चित्रा के सी (मेरिल्यान्ड) र प्रकाश बस्नेत (नर्थ क्यारोलिना)लाई टिममा राखेर अगाडि बढाउने विषयमा छलफल भई रहेको छ । बाकी सदस्यहरूको विषयमा पनि शाह समूहले छलफल गरी छिट्टै टुङोमा पुग्ने जनाएको छ ।

प्रतिक्रिया