अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

शनिवार नेजाको साधारण सभा, तयारी पुरा

बिआरटीनेपाल २०७६ वैशाख २० गते १०:०६ मा प्रकाशित

टेक्सस । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को १३ औँ साधारण सभा मे ४ भोलि शनिवारबाट टेक्ससको डलास सहरमा हुने भएको छ ।

साधारणसभाको अवसरलाई दुई चरणमा बाँडिएको छ । साधारणसभाको उद्घाटन तथा बन्द सत्रको कार्यक्रमलाई एक चरण तथा अर्को चरण मिडिया सेसन र नेजा–एनआरएनए अमेरिका बहस कार्यक्रम रहेको छ । मे ४ को कार्यक्रम उद्घाटन र बन्द सत्रमा केन्द्रित रहने छ भने मे ५ आइवारको कार्यक्रम नेजा–एनआरएनए अमेरिका बहस तथा मिडिया सेसनमा केन्द्रित रहनेछ ।

नेपाल अमेरिका पत्रकार सङ्घको कार्यसमिति बैठकले मे ४ र ५ मा डलासमा हुने १३ औँ साधारण सभा गर्ने निर्णय गर्दै त्यसका लागि उपाध्यक्ष विकास राज न्यौपानेको संयोजकत्वमा मूल आयोजक समिति बनाएको थियो । सो मूल आयोजक समितिमा टेक्ससमा बस्ने कार्यसमितिमा रहेका सचिव सुरज भण्डारी सह–संयोजक तथा सदस्यहरूमा मध्य क्षेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र कार्यसमिति सदस्य शेर के.सी. सदस्य रहने गरी त्यसलाई पूर्णता दिइएको थियो ।

सो मूल आयोजक समितिले टेक्ससमा रहने पत्रकार सञ्चारकर्मीहरूको भेला गरी मूल आयोजक समितिलाई सघाउन विभिन्न उपसमितिहरू बनाएको थियो ।

साधारणसभामा अमेरिका तथा क्यानडामा रहनुहुने सङ्घका सदस्य तथा अग्रज पत्रकारहरूको सहभागिता रहने र आउने क्रम सुरु भैसकेकोसंघका उपाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक विकास राज न्यौपानेले जानकारी दिनुभएको छ ।

मे ४ का दिन दिउ“सो ५ बजे स्थानीय हिल्टन गार्डेन इन्टरनेशनल होटेलको सभाहलमा साधारणसभाको उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रमको अवसरमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार वितरण देखि नेजालाई विभिन्न क्ष्ँेत्रवाट सहयोग पु¥याउनुहुने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । उद्घाटन कार्यक्रममा सदस्य तथा अग्रज पत्रकारहरू, नेपाल सरकार कूटनीतिक निकायका अधिकारीहरू, गैर आवासीय नेपाली सङ्घका विभिन्न तह र तप्काका पदाधिकारीहरू, सामुदायिक सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

साधारणसभाको उद्घाटन लगत्तै बन्द सत्रको कार्यक्रम सञ्चालन हुनेछ । अर्को दिन मे ५ , आइतबार दिउ“सो ५ बजे देखि प्रवासमा नेपाली पत्रकारिताको विषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको नेजाका मध्य क्षेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्टले बताउनुभएको छ ।

अन्तरक्रियामा विभिन्न विषयमाथि रहेर किशोर नेपाल, गिरीश पोखरेल, राजेश मिश्र, विजय घिमिरेले आफ्नो धारणा राख्नुहुने क्षेत्रीय संयोजक भट्टले जानकारी दिनुभयो ।

नेपाली समुदायसगैं रहेर अघि बढिरहेको नेजाले आफ्नो साधारण सभा तथा अधिवेशन अमेरिकाको विभिन्न राज्यका सहरहरूमा गर्दै आइरहेको छ । १२ औँ साधारण सभा तथा छैटौँ अधिवेशन वासिङटन राज्यको शियाटलमा सम्पन्न गरेको नेजाले १३ औँ साधारणसभाका लागि टेक्ससको डलास सहरलाई रोजेको हो । यसैबिच, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेजा अध्यक्ष सुदीप पन्तले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रेस स्वतन्त्रतासगैं जिम्मेवार पत्रकारिता गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू