अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

एक एक छिन प्रियतमा

राकेश कार्की २०७६ वैशाख २० गते १०:०० मा प्रकाशित

गीत

एक एक छिन प्रियतमा
लाग्दो रहेछ साल
एक्लो हुँदा सबैको
यस्तै हुन्छ हाल

तिम्रो रूप जस्तो सुन्दर
कहाँ हुन्छ फुल
छुट्टिएर बस्ने मानिस
किन गर्छ भूल
जुधिरहने आँखा भए
टोल्हाइरहने ताल
एक्लो हुँदा सबैको
यस्तै हुन्छ हाल

एक एक छिन प्रियतमा
लाग्दो रहेछ साल

तिमीले लाएको माया किन
यति मीठो भएको
मलाई छोडी मेरो मन
तिमी निरै पुगेको
बदली हुन्छ नयनमा
छल्किरहन्छ छाल
एक्लो हुँदा सबैको
यस्तै हुन्छ हाल

एक एक छिन प्रियतमा
लाग्दो रहेछ साल
एक्लो हुँदा सबैको
यस्तै हुन्छ हाल