अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

आईसीसी टी– ट्वेन्टी वरियतामा नेपाल तीन स्थान माथि

बिआरटीनेपाल २०७६ वैशाख २० गते ९:५५ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टी– ट्वेन्टी वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको यस महिनाको पुरुष टी– ट्वेन्टी टीम वरियतामा नेपालले ३ स्थान सुधार गरेको हो । नेपाल गत महिनाको वरियतामा १४ औं स्थानमा थियो । यसपटक २ सय १२ अंक पाएको नेपाल ११ औं स्थानमा उक्लिएको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावे र आयरल्याण्डलाई पछि पार्दै वरयतामा सुधार गरेको हो ।

नेपालले संयुक्त अरब ईमिरेट्स युएईविरुद्धको ३ खेलको टी– ट्वेन्टी श्रृंखला २– १ ले जितेपछि आईसीसीको वरियतामा सुधार भएको हो । आईसीसीको वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ । उसले २ सय ८६ अंक पाएको छ । यसैगरी दक्षिण अफ्रिका २ सय ६२, इङ्ल्यान्ड २ सय ६१, अष्ट्रेलिया २ सय ६१, भारत २ सय ६० अंकसहीत क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा छन् ।

नेपाल भन्दा एक स्थान अगाडि रहेको बंगलादेशको २ सय २० अंक छ । न्यूजील्यान्ड, अफगानिस्तान, श्रीलंका र वेस्टइन्डिज पनि नेपालभन्दा माथि छन् । न्यूजील्यान्डले २ सय ५४, अफगानिस्तानले २ सय ४१, श्रीलंकाले २ सय २७ र वेस्टइन्डिजले २ सय २६ अंक पाएको छ । आईसीसीको वरियतामा ८० वटा टोलीलाई सामेल गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू