अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 11:57

गजल

लीलाराज दाहाल २०७६ वैशाख २० गते ९:५४ मा प्रकाशित

दुरीले नि टाढा हुँदैनौँ हामी
फुलै हुन्छौँ काँडा हुँदैनौँ हामी

समय अनुसार बग्दै जानु पर्छ
लाटा देशका गाडा हुँदैनौँ हामी

आरोपै आरोपको पहाड बनेछ
सहमतिमा घाँडा हुँदैनौँ हामी

भद्रताको कम्बल ओढ्दैछौं अझै
भद्रै रहन्छौँ छाडा हुँदैनौँ हामी !

बागमती ११,कर्मैया ,सर्लाही

प्रतिक्रिया