अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एकजनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:५८ मा प्रकाशित

नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बर्ड फ्लूका कारण काभ्रेका एक २१ वर्षका युवकको मृत्यु भएको र यो नै नेपालमा बर्डफ्लू पुष्टि भएको पहिलो घटना भएको जनाएको छ ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले नेपालमा जाँच गर्दा ती युवकमा बर्डफ्लू पत्ता लागे पनि आफूहरूले पत्याउन नसकेर जापानमा गरिएको जाँचबाट पनि बर्डफ्लू भएको रिपोर्ट पत्ता लागेको जानकारी दिनुभयो । ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए ।

उनको र्यालको परीक्षण काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको सचिव चौधरीले बताउनुभयो । मन्त्रालयले बर्डफ्लुबाट जोगिनका लागि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू